रुसबाट शव नआएपछि कुशको शव बनाएर अन्तिम संस्कार

स्याङ्जा | माघ ७, २०८०

रुसबाट शव नआएपछि कुशको शव बनाएर अन्तिम संस्कार

स्याङ्जा:    रुसमा ज्यान गुमाएका वालिङ नगरपालिका–१४, मान्खुका हरिप्रसाद अर्यालको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ । रुसी सेनामा भर्ती भएका २३ वर्षीय अर्यालको मृत्यु भएको जानकारी पाएपछि परिवार शव आउने आशामा बसेको थियो । झन्डै दुई महिनासम्म पनि शव आउने सम्भावना नदेखेपछि परिवारले अन्तिम संस्कार गरेको हो । 


वालिङ नगरपालिका १४ का वडाध्यक्ष बोधराज कुँवर (राजु) ले परिवारले राम्दीस्थित कालीगण्डकी तटमा कुशको शव बनाएर अर्यालको अन्तिम संस्कार गरेको जानकारी दिए । परिवार शव आउँछ कि भन्ने आशामा बसेको थियो, त्यस्तो नभएपछि अन्तिम संस्कार र किरियाकर्म सुरु गरेको वडा अध्यक्ष कुँवरको भनाइ छ । 


परराष्ट्र मन्त्रालयले डिसेम्बर ३ मा घटना भएको भन्दै वडा कार्यालयमार्फत डिसेम्बर २८ मा परिवारलाई खबर गरेको थियो । नेपाली सेनामा भर्ती भएका अर्याल झन्डै तीन वर्षमा नै जागिर छोडेर दुबई हुँदै रुस पुग्नुभएको थियो । गत कात्तिक ३ गते दुबईबाट रुस पुग्नुभएका अर्यालको युद्धमा परेर ज्यान गएको हो । 


अविवाहित अर्यालको घरमा बुवा, आमा र दुई भाउजू छन् । दुई जना दाजु रोजगारीको सिलसिलामा दुबईमा रहेका छन् । हरिका माइलोबुवा हुमकान्त अर्याल हिन्दु संस्कार अनुसार किरिया बसेको परिवारले जनाएको छ । 


यसअघि स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का प्रितम कार्कीको पनि शव नआएपछि परिवारले कुशको शव बनाई अन्तिम संस्कार गरेको थियो । जिल्लाबाट रुसी सेनामा भर्ती भएका दुई जनाको मृत्यु भएको छ । 

    

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्